एजेन्सी । तनुश्री दत्ताले एक्टर नाना पाटेकरमाथि सेक्सुयल ह्यारसमेन्ट गरेको आरोप लगाइन्। हर्न ओके प्लीज (२००९) फिल्मको सेटमा नानाले तनुश्रीमाथि यस्तो यौन हिंसा गरेको उनको आरोप छ। तर नानाले भने यो आरोपको खण्डन गरेका छन्।बलिउडमा तनुश्रीमात्र एक्ली यस्तो पीडित कलाकार होइनन्। यहाँ अन्य दिग्गज महिला कलाकारमाथि पनि यस्तो घिनलाग्दो घटना भएको छ। वरिष्ठ अभिनेत्री रेखामाथि पनि ४९ वर्ष पहिला यस्तै एक घटना भएको थियो। त्यो बेला डाइरेक्टरको निर्देशन विना नै एक एक्टरले रेखाको ओठमा ५ मिनेट चुम्बन गरेका थिए। रेखाका लागि यो घटना कुनै सेक्सुयल ह्यारसमेन्टभन्दा कम थिएन।
यासेर उस्मानको किता रेखाः द अनटोल्ड स्टोरीमा यो घटनालाई उल्लेख गरिएको छ। १९६९ मा बनेको फिल्म अनजाना सफरको शूटिंगका क्रममा रेखामाथि यो घटना भएको थियो। मुम्बईको महबुब स्टूडियोमा डाइरेक्टर राजा नवाथेको यस फिल्मको शूटिंग भइरहेको थियो। फिल्मको पहिलो शेड्युलमा कुलजित पाल, राजा र विश्वजितले रेखाका लागि एक प्लान बनाएका थिए। त्यो दिन रेखा र विश्वजितबीच रोमान्टिक सिन शूटिंग गर्नुपर्ने थियो।
डाइक्रेटर राजा नवाथेले एक्सन भन्नसाथ विश्वजितले १५ वर्षकी रेखालाई अँगालोमा लिए र चुम्बन गर्न लागे। सो किताबका अनुसार रेखाको यो पहिलो किसिंग सिन हो। विश्वजितले चुम्बन गर्न शुरु गरेपछि रेखा भने वाक्क भएकी थिइन्। यस चुम्बनका बारेमा उनलाई केही थाहा थिएन। तर यो बीचमा न डाइरेक्टरले कट भने न विश्वजितले चम्बन गर्न छोडे।
पूरा पाँच मिनेटसम्म विश्वजितले रेखालाई किस गरे। यस क्रममा त्यहाँ रहेका फिल्म यूनितका मेम्बर सिटी बजार मजा लिइरहेका थिए। रेखाका आँखा बन्द थिए। तर, आँखाबाट निस्किरहेका आँशु भने मजाले देखिन्थे।
विश्वजितले आफ्नो यो किस सिनमा सफाई दिँदै यसमा आफ्नो कुनै गल्ति नभएको बताएका थिए । उनले डाइरेक्टरको भनाईअनुसारै आफूले यस्तो गरेको दावी गरेका थिए। यो किस काण्डपछि रेखाको नाम विश्वजितसँग जोडिएको थियो।
No comments:
Post a Comment