हामीकहाँ एउटा प्रवृत्ति छ, खासगरी महिलाको सन्दर्भमा । विवाह गरेपछि जागिर वा आफ्नो उद्यम छाडेर परिवारमा र्फकने । बच्चालाई जन्म दिएपछि त पुरै गृहणी भएर बस्ने ।
विवाह गरेपछि घर परिवारको दायित्व बढ्छ । तर, त्यसो भन्दैमा घरभित्रै खुम्चनुपर्छ भन्ने छैन । आफ्ना रहर र इच्छाहरु खुम्चाउनुपर्छ भन्ने छैन । आफ्नो क्षमता र खुवीलाई खुम्चाउनुपर्छ भन्ने छैन ।विवाह गरेर पनि, बच्चाको आमा भएर पनि हामी आफ्नो रहर, इच्छा अनुसार आफुलाई स्वतन्त्र राख्न सक्छौं । आफ्नो खुबी, क्षमता अनुसार काममा र्फकन सक्छन् । यसका दृष्टान्त हुन्, काजोल देवगन ।
यी बलिउड अभिनेत्रीले दुई सन्तान हुकाईरहेकी छिन् । यससँगै आफ्नो रुचीको क्षेत्रमा पनि काम गरिरहेकी छिन् । यसै सन्दर्भमा काजोलले फिल्मभन्दा पनि आमाको रुपमा भोगेको, बुझेको कुरा यहाँ प्रस्तुत गरेकी छिन् । त्यही कुरालाई हामीले पेश गरेका छौं ।
काजोलः एक आमाको रुपमा
आमा बनिसकेपछि जब उनले फिल्ममा कमब्याक गरिन्, एक राम्रो फिल्म दिने प्रयास गरिन् । सोही अनुसार सफलता पनि प्राप्त गरिन् । करिब दुई बर्षको अन्तरालपछि उनी अलग किसिमको फिल्ममा देखापर्नेछिन् । फिल्म हो, हेलीकाप्टर इला । यसमा उनी एक २० बषिर्य छोरीकी आमा बन्दैछि ।
९० को दशकमा अभिनेत्री काजोलको खास जुग थियो । त्यसबेला उनले थुप्रै हिट फिल्म दिइन् । काजोल आफैमा फिल्मी पृष्टभूमीबाट आएकी हुन् । उनी फिल्मी माहौलमा जन्मिइन् । काजोललाई विरासतमै अभिनयको गुण मिलेको हो । यो कुरा त उनी गर्वसाथ भन्ने गर्छिन् ।
No comments:
Post a Comment