काठमाडौं । भारतको एउटा १५८ वर्षे उपनिवेशकालीन कानुनले विवाहित महिलासँग उनका पतिको अनुमतिविना यौनसम्बन्ध राख्नुलाई अपराध मानेको थियो । सन् १८६० मा सो कानुन लागू भएपछि हालसम्म कति जनालाई परपुरुषसँगको सम्बन्ध अपराधमा दण्डित गरियो भन्ने तथ्याङ्क भने उपलब्ध छैन । भारतीय दण्ड संहिताको व्यभिचारसम्बन्धि प्रावधान स्वेच्छाचारी रहेको र त्यसले पुरुष र महिलाबीच भेदभाव गरेको भन्दै गत वर्ष एउटा रिट दर्ता भएको थियो । भारतका प्रधानन्यायाधीश दिपक मिश्रले व्यभिचार सम्बन्ध विच्छेदजस्ता विषयका आधार बन्न सक्ने भएपनि अपराध भने नभएको निर्णय सुनाएका थिए ।भारतमा अब समलिङ्गी यौनसम्बन्ध ‘वैधानिक’
भारतमा एक महिनाभित्रै खारेज भएको यो दोस्रो उपनिवेशकालीन कानुन हो । यसअघि समलैङ्गिक यौनलाई अपराध मान्ने १५७ वर्ष पुरानो अर्को कानुन पनि खारेज भएको छ । धेरै भारतीयलाई व्यभिचारसम्बन्धि त्यस्तो कानुन छ भन्ने जानकारी पनि थिएन। बिहीवारको निर्णयपछि त्यसबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ ।
अदालतले के भन्यो ?
-महिलाको शरीरमा उनको आफ्नो अधिकार हुन्छ ।
-वैवाहिक सम्बन्धको पवित्रता महिलामा मात्र हैन पुरुषमा पनि हुनुपर्छ ।
-व्यभिचार सम्बन्ध विच्छेदको आधार रहनेछ ।
-पति उनकी पत्नीको मालिक हैन ।
-व्यक्तिको सम्मान र समानताको अधिकारलाई प्रभावित पार्ने कानुनी प्रावधान संवैधानिक हुन सक्दैन ।
No comments:
Post a Comment